दफा
खानतलासी गर्ने अड्डा वा चौकी

नेपाल सरकारले आवश्यक देखिएमा नेपाल सरहद र विदेशी सरहदको सीमानाका बीच हातहतियार वा खरखजानाको तलासी लिने
चौकीहरू खडा गर्न सक्नेछ र नेपाल सरकारबाट अख्तियार पाएको व्यक्तिले त्यस ठाउँमा आवत जावत गर्ने गाडी र भारी बोक्ने मानिस वा जीवजन्तुहरूलाई रोकी वसार पसार गर्दा प्रयोग गरिएको बाकसहरू र पोकाहरूको तलासी लिन सक्नेछ ।